जन्मियौ युवा पवित्र भुमि नेपालको माटोमा ।
टुहुरो बनी लाग्दैछौ बिदेश श्रमको खाचोमा ।।
उर्बरा भुमि पौरखी हात चुहाउने पसिना ।
रित्यायो आज देशले युवा राजनीतिक खेलमा ।।
खेल्दैथ्ये बल्छी ती हिजो सम्म आज छन बिदेश ।
दबाइ आशु त्यो आँखा भित्र बाद्य र बिबस ।।
नसीकाइन् आमा न थियो शिक्षा घोटाउने यी हात ।
चर्केको घाम थर्केको मुटु थाम्दै छन यी आज ।।
गुमायो सारा त्यो हाम्रो देश श्रम र पसिना ।
पत्थरका मुटु फोरेर युवा सफल छन हसाउन ।।
थर्थरी कमाइ ती टेक्ने गोडा धस्दैछन पौरख ।
तिखार युवा श्रमको हात फोर्नलाई अभ्रख ।।
बिरको गाथा त्यो तातो रगत नकुल्च युवाले ।
अध्यारो रातमा उज्यालो दियो बाल्नेछ त्यसले ।।
जाग न जाग हे युवा सक्ती नबनी उदाशी ।
लागेको बादल किनारा पार्ने तिमी हौ साहसी ।।
ती झुम्रा टाला धोएर पनी जादैन त्यो कालो ।
श्रमको दियो तिमी हौ युवा गराउने उज्यालो ।।
नदेख तिमी कमलको फुल सागरमा फुलेको ।
हरियो बोट डाडा र काडा आफ्नै छन झुलेको ।।
रुदैछिन आज उजाड बनी प्रक्रिती बसन्ती ।
पौरखी हात खियाए माटो फल्नेछ असर्फी ।।
शहर ठुलो आँखाको रमझम गाउ बेशी घमाइलो ।
झुल्केको घाम पिडी र आगन पारीलो रमाइलो ।।
हे युवा तिमी जागेमा भोली भाबना फिर्नेछ ।
ती अन्धा आँखा खुम्चेको दिल आँफै नै मर्नेछ ।।
समाइ हात पवित्र दिलले मन्को राग फालेर ।।
बचाउ युवा जन्मेको माटो बिश निर्मुल पारेर ।
मानब चोला पाइदैन फेरी फर्कन्न जवानी ।।
नबनाउ देशलाई जलेको माटो आशुको काहानी ।
नसम्झ युवा मोतिको ढिका आज जे पाएछौ ।।
बिर्सदै कतै त्यो मातृभूमी रमाइ रहेछौ ।
लाखौं छ देशको त्यो जनसक्ती जोगाउने राष्ट्रलाई ।
बलेको दियो आसाको फुल भन्दैछ युवालाई ।।
घाम र छायाँ बिचमा फुल्ने त्यो मन्को फुलबारी ।
विश्वमा चिनाउ सुन्दर नेपाल चार ढोका उघारी ।।
लेखिका ;सुमित्रा पौडेल 2010/7/7
मेरा प्यारा मित्रहरु सुद्दीकरणमा प्रयास गर्दा गर्दै कतिपय शब्दहरु असुद्ध भए पनी सुझाब र प्रतिया आसाबादी भईरहनेछु हजुरहरुको प्रतिकृया नै मेरो सफताको आधार भईरहेकोछ धन्यवाद .



0 comments:
Post a Comment