उठ्ने बेला टरी सक्यो
किन निदाइ रहेछौ ? तिमी
खोजि रहेछन जहाँ त्यहाँ
बिहानीको पवन सगै
सगरमाथाले दिरहेछ तिनै सुभाशहरु
नमेटाउ साहस तिम्रो
हटाइ पाइलाहरु
पाउछौ आशिर्बाद ॠषिहरुको
कुरिरहेछन तिमीलाई
दिएर शान्तिका ज्ञानहरु
नगुमाउ जे छ देशको
देखाउनु छ विश्वको सामु
लत्रिनु नै किन छ र ?
जन्मिए बुद्ध यही भुमिमा
दिरहेछन अहिम्शा र शान्तिका पाठहरु
अझै छ तिमीमा रातो
बिरताको रगत पनि
तताउ तिमी ननीदाइ कन
सिकाइ रहेछन बिरहरु
जन्मेर यस भुमिमा
फाल्नलाई देशका बिकारहरु
कल्पेका नयाँ कल्पनाहरु
पारेर साकार त्यसको
ल्याउनेछ नयाँ सिर्जनाका
सुगन्ध दिने फुलका बास्नाहरु
जन्मिए यसै भुमिमा
बिउझाइ दिने ज्ञानीहरु
सिक्नुछ अनि सिकाउनुछ
हेरेर ईतिहासलाई
किन बनि रहेछौ ? आज दानव
भरिपूर्ण छ ईतिहासका भण्डारहरु
खुलाई आँखा ननिदाउ तिमी अब
के देख्छौ यस भुमिमा ?
अटाउने छ आँखा भित्र
नमान धिक्कार तिमी
देखेर पुछ्न सक आशुहरु
बनाइ कोमल नयन
बढाई ज्ञानका भण्डारहरु
हे ।।।।किन निदाइ रहेछौ ?
जागी देऊ अनि जगाइ देऊ
शान्तिका दिपहरु ।
धन्यवाद मित्रहरु गल्तिमा सुझाब र प्रतिकृयाको आशा राख्दै कलम अगाडि बड्ने हौसला र प्रेरणा नटुटोस् यही कामना ।
लेखिका ;सुमित्रा पौडेल ,भरतपुर चितवन
हाल ;इजरायल 2010/7/16


0 comments:
Post a Comment