खबरदार देशका सरदारहरु हो
बगी रहेका यी आशुहरुको
दिएर फुल अबीर मालाले सजाएर
कुरीरहे अनि चुप लागि रहे
बगीरहेउ आँफैमा नदी सरि
तर दिएउ उपहार असन्तुस्ठिको
चुसेर रगत ब्वासो सरि
गरीब दुखि जनताहरुको
देखेनौ किन ? कहि कतै पिडा र बेदनाहरु
खबरदार देशका सरदारहरु
जलीरहेका यी आत्माहरुको
कम्पन भयो देश महा
देखीयन स्थिर कतै
पर्खीरहे कुरीरहे हजारौ दिनहरु
नहेरी स्वार्थ मात्र लियौ
दिएर आशाको दियो
आँफैलाई मात्र भरीरहेउ
खबरदार हे देशका सरदारहरु हो
पोली रहेका यी आँखाहरुको
नकोरी केहि सिमाना
त्यहि बाटो हिडिरहेउ
देखेर पनि ती आँखाले
नयनलाई भुलीरहेउ
बिर्सिएऊ सबै अतीतहरु
लगाउदै छौ अझै जुलुस र नाराहरु
खबरदार हे देशका सरदार हो
थकीसकेका नयन हरुको
बुझेनौ मातृभूमीलाई किन ?
ती आमा हुन रोहीरहीछन
आज थापी रहेछन ज्यानको बाजी
आमाका सन्तान समुन्द्र पारीको अनकन्टारहरुमा
गर्दै छौ बहस अझै आफ्नै लागी
गरेर बेवास्ता पार्दै जल झेलमा
खबरदार देशका सरदारहरु हो
शहीरहेका यी पिडाहरुको
चिनेनौ मात्रिबात्सल्यलाई
सुनीरहेछौ ती रोदनहरु
दुखि छन कति बियोगमा
हासिरहेछौ तिमीहरु
बाध्यताले रित्तिएका काखलाई
खोजिरहेछन मामाताले
खबरदार देशका सिखरहरु हो
बियोगमा छट्टपटी रहेका बेदनाहरुको
रित्ताइ देशको ढुकुटी
भरिरहेछौ आफ्नै गासहरु
दिदैछौ अझै चर्को भाषाण
खोसिरहेछौ जनताका बासहरु
बनाइ गरीब देशलाई रोजगारी सुन्य गरेउ
जनताका चाहनाहरु निरास मै डुबाई रहेउ
रोपी रहेउ महङगी देशमा
चुसी रहेछौ श्रमहरु
भ्रस्टाचार र शोषणलाई अगाल्दै
जिम्बेबारीलाई लत्याई रहेउ
संबिधानको नाउमा जनताको आँखा छल्दै
भत्ताका दिनहरु मात्रै बढाई रहेउ
खबरदार देशका सरदार हो
अन्यायमा पिल्सिरहेका जनताहरुको
छैन बिकासको जरो केही
रित्तयौ सबै भण्डारहरु
थपीरहेछौ नपुगी अझै तिमीलाई नै तलब भत्ताअरु
बनाउदै छौ निडर जनतालाई पनि
दीइ रहेछौ धेरै शाहसहरु
धन्यबाद तिमीहरुलाई ; यदी अधिकार दिनौ भने ?
बनाउने छन तिम्रा चिहानहरु
खबरदार हे देशका सरदार हो
हक अधिकार खोजी रहेका नागरिकहरुको ।
धन्यबाद मित्रहरु सुद्दीकरणमा प्रयास गर्दा गर्दै पनि असुद्ध लेखाइ हुन गएकोमा छ्यमा प्रार्थी छु र यो कबिताबाट कसैलाई चोट पुग्न गएमा माफी चाहन्छु किन कि यो यथार्थता हो र देशका नेताहरुलाई खबरदारी गराउनु पर्ने आबस्यता पनि हो ।
लेखिका ;सुमित्रा पौडेल 2010/7/5



0 comments:
Post a Comment