बाध्यताले हुर्याइ हाल्यो बिदेसको भुमी ,
फर्कु फर्कु लाग्छ हामीलाई आफ्नै जन्म भुमी ।
रोइ रहेछन हाम्रा बालक खोज्दै आमाहरु ,
खोजी रहेछन न्यानो काख तिनका ममताहरु ।
तर आज के का लागि फर्कु जस्तो ल्ग्छ ,
थाम्नु पर्ने बाध्यतालाई मनै भित्र राप छ ।
के काम लागे शासकहरु हाम्रो देशको लागि ,
जाग युबा तिमी नै हौ जिम्बेदारको भागी ।
लिएनौ नि हामी कहिलै हिक्मत र शाहस ,
नेताहरुको बिचारले भयो यस्तो हालत ।
नत सुने कुरा नेता नत दिए त्याग ,
फर्कौ अब युबा स्वदेश राखौ आँफै जग ।
स्वार्थी मात्रै भए नेता झन बिगारए देस ,
मनोबललाई गिराउदै लिए दानब भेस ।
केही सोचेनन देश जनता संसारलाई हेरे ,
पाखे भिरको जिबन थियो इन्जोएेलाई फेरे ।
नत सोचे तिनले बिकास नत सोचे सान्ति ,
कुरिरहे बर्षउ जनता कहिले आउँला क्रान्ति ।
सोचौ अब युबाहरु आफ्नो देशलाई आफै ,
रहर मेटाउ हाम्रा इच्छ। नमेटिदै जगै ।
भरी पूर्ण सुन्दरता प्राकृतिको देश ,
किन फाल्नु बिदेशमा पेरिस्रम र जोस ।
बाध्याताले हुर्याइ हाल्यो बिदेशको भुमी ,
कसोगरी फर्कु हामी आफ्नो जन्म भुमी ...................



0 comments:
Post a Comment