''''''''''' बेदना ''''''''''''''''''

को छ ?सुनी दिने अनी जानी दिने यी हाम्रा बेदनाहरु ।
एक्लो जीबन पार गरी रहेछौ चाहिदैन पिडा अरु ।।

आयो बाध्यता हुत्यायो त्यसले काटेउ समुन्द्र पारी त्यो ।
बर्षउ बर्ष देखी कुरी रहेछउ आउँदैन कि दिन मिलनको ।।

रुन्छन बालकहरु घर महा पता छैन स्वामीको ।
कस्ले देखी दिने अनी बुझी दिने भित्री दुखी पिडा यो ।।

रुन्छ छ।ती चिरिन्छ बेसरी सम्झी सबै चिजहरु ।
दियौ बिस नेपाली आमालाई तिमीले छैन यस्तो देस अरु ।।

आएन तिमीमा सद्भाब कहिलै हेरी रहेउ बाटोमा ।
आउछ कि सान्ती भनी कुरी रहेउ रमाउन आफ्नै माटोमा ।।

मानब नै त हौ हामी सबै बुझ्दैनौ किन यो पिडा ।
हेर्दै छौ भने आफ्नो स्वार्थलाई तिमीले हुँदैन कहिलै त्यो पुरा ।।

हेर भित्री दिलले चार तिर ती के देख्छौ अनी तिमी ।
मात्रै छन बेदना हजार थरिका तड्पी रहेछौ हामी ।।

देउ सान्ती ,बिकास ,सद्भभाब जनमा खुशी हुनेछौ सब ।
शही रहेछौ हजार चोटहरु नरोउन सन्तान अब ।।

सुनी देउ सिखरहरु पुकार सारी यो मुटु भरिको बेदना ।
पाउ रम्न स्वदेस कै माटो महा अनी छ गर्ने केही चाहना ।।

वाध्य छौ लड्न हामी सब यहाँ जे आई परेता पनि ।
आफ्ना सास्वतलाई जोगाई सबले राखी रहेछौ अनी ।।

देउ आमा आसिर्बाद हामीमा लड्छौ नमानी डर ।
चिन्न सकु उज्जल भाब सबको नगरि कसैको भर ।।

गौरब छ नेपाली हौ पौरखी हातहरु घोट्छौ स्वाभिमानले ।
ल्याउछौ एक दिन क्रान्ति हामी देशमा के गर्छ अभिमानले ।।

छन आसु हातमा बढाई रहेछ झन हाम्रा शाहसहरु ।
बुझ्दैनौ पिडा नदेउ मुक्ती यसको दिन्छौ चुनौती अरु । ।

आउँदैन कि दिन मिलनअको अनगिन्ती छन ईच्छाहरु ।
तड्पिदै बाची रहेछौ यहाँ बोकी धेरै पिडा अरु ।।

छटपटी रहेछौ पल पलमा बाध्यताले बाची रहेछौ ।
लाग्छ पाउदैनौ कि स्पर्सहरु तै पनि हासी रहेछौ ।।

सम्झी सारा जगत अनी मात्रीभुमिको पोख्दै यिनै बेदना ।
लगाउ मलम चर्की रहेको घाऊहरुमा यही हाम्रो चाहना ।।

फलोस अनी फुलोस नेपाली जनको दुर हुन बेथाहरु यही शुभकामना ,,यही शुभकामना ....................

tolaai rahekaa chenaharu ...............
badhyata...............................

  • Digg
  • Del.icio.us
  • StumbleUpon
  • Reddit
  • RSS

0 comments:

Post a Comment