।।।।।।।। आमा ।।।।।।।।।।

जब प्रीथ्बीमा नारीको जन्म हुन्छ । उनिले जन्मदैमा आफ्नै सबै गुण दोस र कर्मको भाग भोगहरु लिएर आयकी हुन्छिन । आफ्नो बाल्यकाल जे जसरी बितेता पनि जब उनी यौबनमा प्रबेस गर्छिन अनी उनी सोच्न थाल्छीन बल्यकालको बातावरण र आमाबाट पाएको जिबनको शिक्षाको साथै माया ममताहरु । जिबन कस्तो होला ? आमा भनेको कस्तो मायाको खानि होला ?यस्तै कुराहरु उनको मानस पटलमा घुम्दा घुम्दै उनका दिनहरु पनि तेही अवस्थामा आइपुग्छन जुन अवस्था उनले सोचिरहेकी थिइन । जब उनी डोली चडेर पराइ घर जान्छिन नचिनेको नजनेको मान्छेलाई आफ्नो सम्झ्नु पर्ने बाध्यता र आफ्नोलाई पराइ देख्नु पर्ने नारीको बिशेषता माथि गौरब गर्दै ईस्वरले दिनु भयको सक्तिको रुपमा उनी महसुस गर्दछिन । समय बित्दै जान्छ , उनी एक दिन आफ्नो कोखमा ईस्वरले प्रबेस गरेको महसुस गर्छिन/

केही समयको अन्तराल पछी माया ममताका साथ आफ्न कस्ट हरुलाई भित्रै दबाएर भगवानको रुप सरह सिसुको जन्म दिन्छइन । उनको भरिएको खुशीले दु:ख कस्ट हरुलाई बिर्सदै खेलाउन थाल्छिन सम्झन थाल्छिन आफ्ना आमाका पिडाहरु कस्ट माया ममताका भनडारहरु । जब सिसु बड्डै जान्छ उनको कल्पनाहरुले अन्तिम घडी सम्मका पेजहरु भरी सकेको हुन्छ । उनी अट्ल भयर माया ममताका साथ भबिस्यका पाइलाहरुलाई अघी बढाउदै आफु सङ्घर्सरत भएर निस्वार्थ भाबनाले आफ्नो प्राण भन्दा प्रिय मान्दै जिबनको आधार सम्झेकी हुनछिन । उचित शिक्षा पालन पोसण र अनुकुल बातावरणमा ठेस लाग्न बाट पनि सुरछित गराउदै सुस्वास्थ्य र दिर्गायुको लागि भगवानसग प्रार्थना गर्दै उसैको साथमा दिनहरु बिताइ रहेकी हुन्छिन । यसरी उनी भबिस्यका चाहनाहरु पुरा भई रहेको अनुभुती गर्दछिन । देख्छिन आफ्नो सिसुलाई सधै काखमा खेली रहेको उनलाई थाहा हुँदैन अब उु ठुलो भई सकेकोछ । सधै आँखाको नानीमा राख्नन चाहन्छिन उुनी तर उनलाई के थाहा एक दिन त्यो बिद्मबना आउछ भनेर । उनी हरुकै खुशीमा रमाउन दिन्छिन उनी चाहना र ईच्याहरुलाई पुरा गरी दिनका लागि आफ्नो पौरख र् मिह्र्नतलाई घोटी रहन्छिन नत उनलाई थकाईको अनुभब हुन्छ नत भोक र पियस नै । आफ्ना माया ममताका खानिहरु र मुटुको ढुक ढुकीहरुलाई भाग्यले टाढा लादैछ भन्ने कुरा के थाहा र उनी बाध्यताले टाढा रहन पुग्छिन तै पनि उनी बिचलित नभैकन सन्तानको खुशी नै आफ्नो खुशी सझियर आबस्यकता ,ईछ्या र चाहनाहरुलाई पुरा गरी रहेकी हुन्छिन । समय बित्दै जान्छ ,टोलाउन थालछिन सोच्छिन ,झर्छिन आँखाबाट बलिनद्र धारा आसु पनि ,भगवानसग पुकार गर्दै मग्दछिन ,दिर्गायु र सुश्वास्थ्यको साथमा तिनैको सफलताको गाथाहरुको लागि । तर बिचरी ति आमालाई के थाहा आफ्नो माया ममतालाई कालो पर्दाले घेरी रहेकोछ उनलाई विश्वाश छ मेरो धद्कन हो मेरो रगत हो बाटो अलग हुने छैन

समय बित्दै जान्छ सफलता र खुशीको दिनको पर्खाइ र भगवानको आसिर्बाद उनको पुकारमा लागि सकेको हुन्छ तर त्यो भित्र के थियो ति बिचरी आमलाई के थाहा उनी सोच्न पनि सक्थिनन के पवित्र कोखबाट जन्मिएको सन्तानमा बिस् पनि हुन्छ भनेर आफ्ना ममताका भन्दारहरुमा उनी ति बिकारहरु सम्झना पनि सक्दिनन तर उसको प्रयास र भगवानको आसिर्बादले सन्तानको ईछ्या र आफ्नो चाहनालाई पुर गर्दै उु सबैबाट टाढा हुनु परेता पनि उसको सफलताले उनलाई जिबनको सफलता भएको अनुभुती गरी रहेकी हुन्छिन । ति आमा हुन आफुले नदेखे पनि उसको सफलता र खुशीले नयनबाट आसु बगेता पनि ति आसुलाई खुशीको रुपमा पारीणट गरिरहेकी हुन्छिन ।


सामाजिक , आर्थिक ,नैतीक शिक्षाहरुबाट बन्चित हुन नदिदा नदिदै पनि समय र बिबसताले उसलाई अन्धो बनाइ दियो । तर ति आमालाई के थाहा उु आफ्नो संसारमा रमाई रहेको छ । यता आमा पर्खि रहेकी हुन्छिन ति आबाजहरुलाई देख्नन खोजी रहेकी हुन्छिन ति प्रतिबिम्ब ,तर खोइ एउटा संसारको कुनै कुनामा रुमली रहेको आभास उनलाई हुन थालछ ।।।।उुनी सोच्न थालछिन ,टोलाउन थालछिन र आफुले आँफैलाई भन्न थालछिन के यो पनि मेरो लागि मेरो जिन्दगीमा सम्भब होला ?भगवानले यस्ता बाटाहरु लगाइदिन सक्नु होला ?कल्पनामा र सपनामा नदेखेका कुराहरु आज यो उर्लियको बाडी पैरो भबिस्यले ल्याउनेछ भने ति आमाले सोछेको पनि थिनन । के आमाबाट यस्ता कुराहरु सम्भब हुन सक्ला जुन आफ्नो सन्तानले गर्न सक्छ । उुनै आमा हुन जब त्यो सन्तानलाई केही भएको महसुस हुन्छ नत उनी आफ्नो प्यास नै सम्झिन्छिन नत भोक र रोग नै ।

तर उनको इस्वर रुपी सन्तानले संसारलाई बिर्सिएर आफ्नै संसारमा रम्न सक्छ भने कुरा कल्पना पनि गर्न सक्दिनन जुन कुरा आज भई रहेकोछ र तेसले ति आमाका अतितलाई सम्झाइ रहेछ जुन कुराले उनको र्हिर्दयबाट नै बर्षादहरु बर्षाइ रहेकोछ । यो आमाको पिडालाई तेसले तेती बेला मात्र बुझ्न सक्छ जुन बेला आफ्नो समयलाई अगाल्न सुरुगरेको हुन्छ । जहाँ हेर्छिन उनी यो गगनमा सुन्यता मात्रै देख्छिन जता ततै सुगन्धित फुलहरुले बस्ना दिए पनि उनी तेतै फर्किन्छिन ,तेही सोछिन र तेही मात्रै हेरी रहन्छिन तर कतै पौदिनन आवाजहरु । सफलताको खुशी र सुखको सपना देख्दा देख्दै जब त्यो सन्तानले बाटो बिराउ छ र अद्रिस्य भाईदिन्छ अनी ति आमाका पिडा र बेदना सुन्ने र देख्नने भगवान भन्दा अरु को नै हुन सक्ला र ?तै पनि उनी आसा गरी रहन्छिन भगवान सग प्रर्थना गर्दै बाटो हेरी रहन्छिन आफ्नो अन्तिम घडी सम्म पनि कुरी रहन्छिन ।। कुरी रहन्छिन ।। यिनै हुन आमा का कथा यिनै हुन बेथाहरु पर्खन्छिन उनको जिबन भरी माया ममता मुटु भरी बोकेर तेही धद्कन सगै पर्खिरहन्छिन आसिर्बाद दिनैरहन्छिन -यिनै आमा हुन छनन तिनी संसार भरी ।।। सम्झिए तिम्रै वरी परी ....... तिम्रै वरी परी .....

mother loving to child...............

  • Digg
  • Del.icio.us
  • StumbleUpon
  • Reddit
  • RSS

0 comments:

Post a Comment