कती कमजोर रहेछ भाग्य तिम्रो साथमा हुन सकिन ,
कति छन झै चाहनाहरु भबिस्यको बाटो कोर्ने तर ...
कती कमजोर रहेछ भाग्य तिमी सगै हुन सकिन
कती कमरोर रहेछ बाचा ति चाहना पुर्याउन सकिन ।
कती कमजोर रहेछ आसा तिम्रो माया पाउन सकिन ,
कती कमजोर रहेछ मन आज मैले थाम्न सकिन ।
कती कम्जोर रहेछ भाग्य .....................
दिदै बास्ना फुलाउदै फुल तिम्रो आसामा हराउदै छु तर ...
कती कमजोर रहेछ धन आफ्नो देसमा बाँच्न सकिन ,
कती कमजोर रहेछ शिक्षा पुरा ज्ञान दिन सकिन ।
कती कमजोर रहेछ भाब तिम्रो मिठास लिन सकिन ,
कती कम्जोर रहेछ माया तिम्रो लाली भर्न सकिन ।
कती कमजोर रहेछ रहर तिम्रो आसु पुछन सकिन ,
कती कमजोर रहेछ भाग्य ............
मामाता र शिक्षाको ज्योति भर्दै तिमीलाई ज्ञान दिदै म तर .....
कती कमजोर रहेछन बाटा गण्तब्यमा पुग्न सकिन ,
कती कमजोर रहेछ बास निस्चलता दिन सकिन ।
कती कमजोर रहेछ भाग्य तिमीलाई खुशी दिन सकिन ,
साह्रै कमजोर भय झै लाग्छ आउने आउने आसा कुर्न सक्दिन ।
कती कमजोर रहेछ भाग्य .....................
आसुलाई पियर सधैं खुशीलाई देखौदै म तर .....
कती कमजोर भएछौ हामी बाध्यतालाई बुझ्न सकेनौ ,
तेती कमजोर नबनाउ भाग्य हामी आँफै लेख्न सकेनौ । ।
कती कमजोर रखेछौ सोचाई आउने दिन सोच्न सकेनौ ,
त्यती कमजोर नबनाउ हामी हाम्रो भाग्य देख्न सकेनौ ।
कती कमजोर रहेछ भाग्य तिम्रो साथमा हुन सकिन ,
कती कमजोर रहेछ भाग्य हामी साथमा हुन सकेनौ ..............




0 comments:
Post a Comment