सम्झिएनौ तिमी कहिलै आफ्नो अस्तित्वलाई ,
सोच्थेउ होला आउछ सबै मुल जस्तो पलाई ।
आँफै काडेउ आफ्नो छ।ला लगाउ बाघको माला ,
सम्झियनौ भबिस्यलाई त्यसै खेर जाला ।
कती राम्रो देखिएछौ यो रुपमा तिमी ,
छैन केही लाग्छ हामीलाई अब लिने दिने ।
पस बोरु जङल तिर यही रुपमा फेरी ,
लाग्छ होला तिमीलाई जानौ कहिलै मरी ।
कुकुर र स्याल अनी बिरालोको जोडी ,
भाषण देउ जङल पसी जाउ जनता छोडि ।
आउछन सुन्न तिम्रो भाषण गर्जियर सबै ,
आउला जस्तो छैन चेत अब त्यस्तो नभै ।
देउ बोरु बलिदान जनवरको साथमा ,
आउछन लान्छन तिमीलाई दिन अनी रातमा ।
जनता माथि गरेउ व्यबहार जनवारको धेरै । ,
सुन्दर थियो मानब जिबन फाल्ने भएउ खरै ।
कुरा गर जङल पसी बार्ता गर राम्रो ,
अब तेही हो तिम्रो बाटो साथ हुँदैन हाम्रो ।
कती राम्रो सुहाएको टोपिसग कान ,
चाइदैन नि तिमीलाई तन ,मन धन ।
राजाइ गर्दै जङलमा गर भाषण पनि ,
तछाड मछाड खुल्ला ठाउँ पाउछौ रासन पानी ।
कोही आउँदैन लाठी लीई प्रतिकृया गर्न ,
सुख सन्तोष भोग गर्ने शही ठाउँ हो मर्न ।
सुन्ने छैनन अब जनता छैन केही आसा ,
तिमी पनि आस नगरि लाग बनिवास ।
मरे पछी भन्थेउ तर भयौ जिउदै लास ,
तर तिमी आँफै रोजेउ आफ्नो बनबास .................


0 comments:
Post a Comment