बुझ्दैछु म जिन्दिगिलाई कहाँ हुन्छ अन्त्य ,
कस्तो होलन ?बाटाहरु कस्ता होला ?भाग्य ।
मेरो मात्रै भन्थे मैले जिबन कस्तो कस्तो ?
तर जान्ने कस्ले यसलाई बन्छ भने जस्तो ।
कर्कलाको पानी जस्तई हुदो रहेछ जिबन ,
सागर जस्तो गहिराइमा डुब्ने रेछ यो मन /
जे लियर आइयो हामी टर्दो रहिन्छ केही ,
कर्म गर्नु असल रहिछ जन्मिएर यही ।
जन्मनलाई बास लिन्छौ ति आमाको कोखमा ,
स्नेहले भरिपुर्ण पार्छीन आफ्नै काखमा /
भाग्य सगै हिंड्ने रेछ जती ठुलो हुन्छ ,
जे लिएर जस्ले आउछ त्यही भाबले छुन्छ ।
भन्थे मैले जिबन कस्तो आफ्नै भाग्य हेरी ,
ल्याउदो रेछ पावनले बुझ्ने भाब फेरी ।
हामी किन बुद्धी हाक्छु आदर्शको पाठ ,
थाहा छैन कुन चक्र हो कस्तो दिन रात ।
सिक्नु शिक्षा गुरुबाट बिद्धानबाट ज्ञान ,
लाग्यो मलाई पूर्ण हुने यथार्थ हो झन ।
खुलाउने हाम्रा आखा भित्रै दिलै देखी ,
छैन ठुलो यस् जगत्मा यथार्थको लेखी ।
बड्दै जान्छ यस्ले सागर गहिराहिमा झन ,
झनै बद्छ सुन्दर भाब कोमलताको मन ।
जहाँ हुन्छ हिनता बोध ल्याउछ राग त्यसले ,
टार्ने कुरा त्यो टर्दैन खुल्छ आखा जसले ।
अझ धेरै बुझ्दै छु म जिबनको कथा ,
जन्मिएर के ल्याउछ कहाँ ?कसलाई के थाहा?
सोच्छ सधै भित्री दिलले जिबन कस्तो कस्तो ,
कर्कलाको पानी होकी आउने छ।ल जस्तो ।
जती पस्यो सागर भित्र छैन त्यसको अन्त्य ,
सागर भन्दा गहिरो हुने यो मान्छेको मन त ।
त्याग नै ठुलो सुखी खुशी भन्दा ठुलो धन त ..................
जिबन के हो बुझ्दै छु म हुदो रहिन्छ अन्त्य । ..............



0 comments:
Post a Comment