जन्मिए म आफ्नै देशमा गौरब छ त्यसको ।
आफ्नै माटोमा बडेर समाउदै जहाँ जे छ त्यो ।।
छर्दै शिक्षाको ज्योति पनि लम्काइ पाइला अरु ।
रमाए हिमालको काखमा चुम्दै गुरासहरु ।।
कती सुन्दर हाम्रो नेपाल उच्छ छ संसारमा ।
देख्न सुन्दर छन हिमालहरु नपार सँघारमा ।।
दिरहेछीन सुन्दरता प्रकृतिले रमाउछन सबै त्यहा ।
बाँच्न सकुन सारा फक्राइ सब भाब देशमा ।।
रमाउन पाउ म आफ्नै माटोमा मुस्कान छर्दै ।
खेलुन बालहरु काख महा ममताले भर्दै ।।
भन्छिन सधै नेपाल आमा यही चाहन्छु म ।
लेउ शही बाटो सबले तिम्रा कस्ट शहन्छु म ।।
समाउ हात एकले बढाउ अनी अर्को तिर ।
देउ मुस्कान अनी ओठमा यही चाहन्छ मेरो देस ।।
कल कल गरी रहेछन ती छहराहरु पाखा पखेरामा ।
पर्खि रहेछन अनी हेरी रहेछन तिम्रा जागर जोस ।।
लाग्छन ताती मयुर तराइमा डाफे पहाडमा ।
उजाड अनी सुन्दरता हुन्छन तिम्रै ती हात महा ।।
किन आज यस्तो देशमा छैन रमाउने ठाउँहरु ।
किन सोच्दैनन आज सबले नसके छ।डुन बरु ।।
पौरखी नेपालीका सुन्दर चाहन बढुन सधै साथमा ।
उदाउनेछन नयाँ भाबहरु सुन्दर सबको गाथमा ।।
नगर द्वन्द अब त्यो रोही रहिछिन आमा ।
नलागोस सराप तिमीमा भन्छ यो मेरो देस ।।
आउ समाउ हातहरु नबढाउ अब घाऊ अरु ।
सुन्दर छ संसारमा मेरो देस भाषा छ अनी भेस ।।
देउ नब बसन्त सगै किरणहरु सक्छउ दिन के अरु ।
जे छ रमाउन देउ त्यसमा चहिदैन केही अरु ।।
देउ मुस्कान ओठमा यही चाहन्छ मेरो देस ।
सुन्दरछ संसारमा मेरो देस भाषा अनी भेस ।।

0 comments:
Post a Comment