लाग्थ्यो मलाई रमाइलो तेही गाउ बेसी ।
खुशी रम्थ्यो सधै मन हिमचुलीलाई देखी ।।
सुसाउने सल्ला घारी पाखा वारी पारी ।
बिते ती दिन उकाली र अोराली नै गरी । ।
फुट्न थाल्यो देशमा बिकास जनताको लागि।
पापी मन सोच्न थाल्यो स्वर्ग तेहिपो छकी ।।
आफ्नो गाउ आफ्नो ठाउँ आटो ढिडो रोटी ।
छ।डी सबै शहर लागे भबिस्यलाई सोची ।।
सुखी हौला मिठो खाउला भन्ने थियो बाचा ।
कोल्टो फेरयो देसले चाडै ढल्न थाल्यो आसा ।।
मिहेनत र पौरखलाई खुकुरिको साथमा ।
जल्न बल्न थाल्यो देस सामान्तिको हात्मा।।
कसो गरी आउला शान्ति पलाउला ज्यान ।
बिकास गर्छु भन्दै जागे बगाइ रगत झन ।।
असान्तिको घेरा लाग्यो सान्ती क्षेत्र नेपाल ।
बिकासका हागा भाच्दै पार्छौ भन्छन सफल ।।
बिते देरै बर्षहरु यही बादलको घेरो ।
लाग्नु पर्यो मुग्लान सबले छ।डी सेरो फेरो ।।
कहिले आउला सान्ती देशमा कहिले होला सुख ।
होकी लाग्छ अब हाम्रो यही हो भाग भोग ।।
भासिएनी सबै देशका बिकासका मुल ।
बिदेस हेरी गर्दै CHAU नि देसलाई यही भुल ।।
नत भए जनता सुखी नत आफना साथमा ।
सुन्दर नेपाल गुम्ला एक दिन बिदेसिको हातमा ।।
कस्ले जान्ने कस्ले सुन्ने यी दुखिका बेथा ।
खोज्दा खोज्दै सुख सान्ती जीबन बन्यो कथा ,,,,,,,,,,,,,,,,,,


0 comments:
Post a Comment