हे शान्तिका अग्रदुत तिमी जन्मियौ यही भुमिमा ।
जन्म , मोछ्य र मरण पनि लियर आयौ यहाँ ।।
तिमीले दियौ शान्त नेपाल तर आज गयौ कहाँ ।
खोजी रहेछन तिमीलाई दुखीहरु जहाँ तहा ।।
कती लड्ण्त भई रहेछन कती भिडन्तहरु ।
कहाँ गयौ बुद्ध तिमी देउ उपदेशहरु ।।
बिस्वका तारा हौ तिमी मन्छन सान्तिका दिप भनी ।
तर आज रगत बगी रहेछ तिम्रै जन्मा भुमिमा पनि ।।
पर्खि रहेछौ बुद्ध तिमीलाई आसु लियर हातमा ।
मत्रिभुमी रोहीरहिछन खोज्दैछन तिमीलाई साथमा ।।
यहाँ तिमी हुन्थेउ भने किन हुन्थो आज यस्तो ।
कहाँ गयौ बुद्ध तिमी बिलिन भय जस्तो ।।
आज हामी मनाउदैछौ तिम्रो जन्म खुशीयालिमा ।
नफाटुन भाई भाईहरु दुबिधा छैन यहाँ ।।
भनी देउ हामीलाई तिमी जन्मियौ कहाँ ??
किन हुन्थो यस्तो आज तिम्रो शान्ती देश महा ।।
आउ बचाउ सुनी देउ पुकारहरु तिमी भए पनि जहाँ ,तिमी भए पनि जहाँ ..........

0 comments:
Post a Comment