वाध्यताले हुर्याहाल्यो बिदेसको भुमि ,
फर्कौ फर्कौ लाग्छ हामीलाई आफ्नै जन्म भुमि ।
कसो गरी फर्कौ अब सुख शान्ती छैन ,
नभौ कोही राष्ट्रघाती त्यो अस्तित्व होइन ।
गरी हेरौ जस्तो लाग्छ जे छ आफ्नो सिप ,
माथि उठाइ आफ्नो देसलाई बड्थयो जागर जोस ।
प्यारो लाग्छ मात्रीभुमी फर्कौ कसो गरी ,
विश्वाश छैन गर्ने केही कस्को भर परी ।
सानो देश भए पनि विश्वमा नै सुन्दर ,
हिमचुलिका सिखरहरु नबनाउ है पत्थर ।
जाग्यौ हामी युवाहरु देश निर्माण गर्न ,
बिती सक्यो अब धेरै हुन्न भर पर्न ।
देउ भिजन जनतालाई टट्कारो छ हाम्रो ,
मान्छन सबै बिदेसिले एकता हो राम्रो ।
बुझी सबले दु:ख मर्म लगाउ आफै मलम ,
प्रयास नै सफता हो ल्याउन्न तेस्ले जलन ।
सोचौ अब अघि बढाउ सुन्दर शान्त नेपाल ,
भित्र्याउ सबै सम्ब्रिद्धीलाई देखाउ बनाइ बिशाल ।
नमासौ है अस्तित्वलाई खोसौ अधिकार ,
बिदेसको सामु झुक्ने हुन्न सरोकार ।
के का लागि जन्मेउ हामी बुझ्नु पर्छ तेस्को ,
आफ्नो लागि आँफै गरौ अनी गरौ देशको ।
कसो गरु फर्कु स्वदेस सुख सान्ती छैन ,
बाध्यताले ल्यायो बिदेस तर बस्ने होइन ।
रोईरहेछ हाम्रो मन सम्झिएर सबै ,
जान्छ कि त यो जिन्दगी अब सगै नभै ।
फर्कु फर्कु लाग्छ हामीलाई आँफै जन्म भुमि ,
बुझ्देउ पिडा नपार है नेपाल आमा रुने ।
आफु बने समाज बन्छ अनी राष्ट्र बन्छ ,
नबिर्सौ है यो सुत्रलाई मानब यही भन्छ ...................


0 comments:
Post a Comment