भन्छौ नेता ठुला हुँदै सफल पार्यौ हडताल ।
के को दिन्छौ धन्यबाद गरी देसलाई गद्दार ।।
छैनन कोही सर्पोट तिम्रो नेपालका जनता ।
दिन्छौ त्रास लाउछन ढोका गोली खान भन्दा ।।
नखोलेर बहिरी आँखा हेर भित्री दिलले ।।
रसाएका आँखा हेर हेर्छन तिमीलाई घिन्ले ।
के पाएउ र आज सम्म जनताबाट मान ।।
धम्की मात्रै सडकमा के दिएउ आँफै जान ।
बन्द हड्ताल जुलुस हुने एउटै मात्र देस ।।
खुलाउ आँखा हेर संसार बढाउ जागर जोस ।
उठाउ हात सडकमा तेसले गर्छ भलो।।
नगर है सम्हार देशको राख केही जरो ।
बन्छ भन्छउ नयाँ नेपाल अनी संबिधान ।।
बुझेनौ नी कहिलै नेता के छ देशको चाहना ।
गर्छौ बन्द दिन्छौ गोली गर्जी जनतालाई ।।
मासी जनता दिदै दु:ख गर्छौ कसको भलाई ।
खोली ढोका चारै तिर बुझ सबको बेथा ।
बन्द हड्ताल ठुलो होइन नेपालको कथा ।।
कस्ले दिन्छ मान सम्मान कस्ले दिन्छ आधार ।
कुन राष्ट्रले भन्छ तिमीलाई गरेउ ठुलो उद्धार ।।
किन फाल्छौ त्यसै जन्म हिनताको बोध ।
देउ सान्ती जनतालाई हट्छन सबै बोझ ।।
हेर नेता ति आँखामा कहाँ पाउछउ खुशी ।
धिकार्ने छउ तिमी आँफै देखी तिन्लाई दुखी ।।
मुक्ती पाउन जनताले निस्चल बनोस देस ।
फाल सबले मकुन्डा ति बढाउ जागर जोस ।।
जब पाउछौ मान सम्मान जन्मिएको सार ।
फर्क अब गन्ध फाली नभौ धेरै भार ।।
राख्न सिक कृति नाम तर्छौ भब सार ।


0 comments:
Post a Comment