नजलाउ तिमी मलाई म मरे पनि बसेर हेरी रहने छु ,
गर्ने छु मरेर पनि आज म जे गरी रहे छु ।
राम राम भनी हामी चिता माथि राखी लास ,
आखिरमा हुन्छ त्यो खरानी आत्माको स्वर्ग बास ।
तर कसलाई के थाहा त्यो कहाँ छ ? उसले भन्छ म हेरी रहेछु ,
नजलाउ मलाई म मरे पनि .........................
गर्ने छु म मरे पनि .............................
बनाइ सानो घर राखी देउ त्यही कतै निर ,
आउ चडाउ श्रद्धा त्यहा देख्छु म तिमीलाई तर ।
जहाँ बस्छु आफ्नहरु आएर रोइ रहनेछन ,
खुशी हुँदै मेरो आत्मा तिनैलाई आशिस दिरहनेछ ।
नजलाउ मलाई म मरे पनि ...............
गर्ने छु म मरेर पनि .....................
चढाउनेछु २ थोपा रगत र भक्ती देसलाई म अनी ,
दिनेछु म जे सक्छु सारा जगतलाई मरेर भए पनि ।
मरेर बन्छ खरानी जब त्यो कसलाई के थाहा त्यो कहाँ छ ?
मात्रै सोच्छन मनिषहरु देब लोकमा त्यो जहाँ छ ।
नजलाउ मलाई म मरे पनि ...........
गर्नेछु म मरे पनि ............
के देख्दै छौ ?आज तिमी खरानी बनाइ सबको ,
के थाहा छ ?भन मलाई के भई रहेछ यो भबको ।
जान्छ बग्छ खरानी आउँदैनन उसका यादहरु ,
जहाँ हुन्छु म बस्छु आउछौ सब तिमीहरु ।
नजलाउ मलाई म मरे पनि ...............
गर्नेछु म मरेर पनि ....................
फाली फोगर सब अनी ज्योति छर्दै जिबन महा ,
लीइ रहेछु ज्ञान तिमीसगै जादैन खेरा कही कहाँ ।
बाड्न सकु सब यि मेरा जतिछन भाबहरु ,
गर्न सकु उद्धार सबको सत्कर्मका भागअरु ।
नजलाउ मलाई म मरे पनि .................
गर्नेछु म मरेर पनि ...................
थाहा हुन्छ मानबलाई मर्ने छौ हामी पनि ,
लाग्छ मलाई सबको बड्ला देखेर ज्ञान अनी ।
दिनेछौ तिमी आई श्रद्धाका आसु म मा ,
मर्दिन म कहिलै घुम्नेछु जगत महा ।
नजलाउ मलाई म मरे पनि ....................
गर्नेछु म मरे पनि .....................
बड्नेछन तिमीमा भाबहरु श्रद्धा सबमा जगाउने ,
देख्छौ अनी पन्छ।ुछौ दुस्कर्म जतिछन जलाउने ।
सम्झन्छौ मानब को हो ?अनी जन्म र कर्म त्यो ,
बड्दैनन कती रागहरु भोग्ने छौ जती कर्म को ।
नजलाउ मलाई म मरे पनि .............
गर्नेछु म मरे र पनि .......................
हुन्छ आत्मा खुशी सधैं म मरे पनि ति मायाले ,
सार्छौ फुलहरु रङी बिरङी सितल दिनेछ ति छायाले ।
देख्दै नौ मात्र स्वरुप तिमी आउछ तर अगाडि त्यो ,
सम्झन्छौ सारा दिलले जे थियो मेरो अगाडिको ।
नजलाउ मलाई म मरे पनि बसेरै म हेरी रहने छु ....
गर्नेछु म मरे पनि आज म जे गरी रहे छु .......


0 comments:
Post a Comment