किन होला स्वार्थी भाको मेरो मन अती ।
भाबनात्मक जगाउन आउँदैननी रती ।।
हेर्दाइ जान्छु छ।म्दै जान्छु संसारको कुना ।
साम ,दाम ,दण्ड भेद भेटाई रहन्छु झन ।।
किन बद्छ उर्लिएर महत्वकाङ्छी ममा ।
सिक्छु भन्छु पाठ सधैं आदर्शको झन ।।
के गरेर हट्ने होला हिनाताको बोध ।
मन ,बचन कर्म मलाई किन हुन्छ बोझ ।।
धर्म केहो ?सेवा के हो ?मानबको हित ।
किन होला नहत्ने त्यो माया मोह क्रोध ।।
कल्पनाका सबै कुर मनबिय होइनन ।
लाग्छ मलाई कली युगमा सबै सत्य छैनन ।।
के पाउछु र ?धर्मा अनी सेवा गरी फल ।
कस्तो होला लाग्छ मानब पापी मन्को जाल ।।
इमन्दारी ,मेहेनत हो जिबनको रङ ।
हेर्छु घुम्छु चारै तिर आँफै हुन्छु दङ्ग ।।
लाग्छ मलाई जन्मै देखी लीइ आको भोग ।
अज्ञान र अहङकार निम्त्याउने रोग ........................



0 comments:
Post a Comment