हाम्रो देशको कुनाबाट कोही आयो चिच्चाउदै ,
रोदन तिनको सुन्न सकिन
देशका कठ पुतली भन्दै
मुकुण्डे प्रतिगामी मुर्दाबादको
शब्दहरु आई रहेको सुने म ।
उनी गुन गुनाइ रहे त्यहाँ
भन्छन बनाए देसलाई खरानी
नलगाउ छिटो निकाली देउ मुकुन्नाहरु
आए यस्ता शब्द त्यहाँ
अझै सुनी रहे म ।
भन्छन अगाडि उनी अझै
जस्ले गरी रहेछ समर्थन
देशका सिखरहरुको
छोरा छन बिदेसमा भन्दै अझै रोए उनी
के गरु मलाई थाह भएन
टोलाई रहे म ।
अझै दिदैछन सराप उनले
बन्नु परोस कुल्ली त्यसले
बड्दै गई रहेछन शब्दहरु
छट्पटाइ रहेछन उनी
भन्छन सक्यौ देस्लाई
अनी आमाका सन्तानलाई
सुन्न सकिन शब्दहरु कान थुनी रहे म ।
अझै छ।ड्दैनन उनी सराप दिन
जतिछन नपाउने मुक्ती गरी
के हाल भयो यो हाम्रो देशको
धेरै सोचिरहे म ।
रुदै चिच्चाउदै शब्द बाणहरु
खोज्दै रहेछन उनी केही
हेर्न सकिन सोध्न पनि म त्यहाँ
किन कि म आँफै डराई रहे६ु
के गरु कसो गरु भई रहेछु म ।
त्यती बेला थिए म निन्द्रामा
खल्बलियो मेरो दिमागहरु
पर्यो चोट मुटुमा अनी हेर्दै बाहिर
पाईला अघी बडाए म ।
देखे भिड अनी रोदनहरु
गया म हेर्न त्यहाँ
देख्यो मेरो आँखाले पनि
रगत त्यो मेरै कोखको
पनि बगिरहेको
झम्टी आयो चिच्चावट म मा ।
लाग्छ छैन अब बाँकी कती पनि
छट्पटाइ रहेछन दुखी नेपालीहरु
लाग्छ मलाई ढाकी सक्यो बादलले
भनी देउन मलाई को छ ?अनी कहाँ ?
देख्ने रोदन अनी पिडा
खोज्न कहाँ जाउ म ।
बाचु कसरी बाचु?
बाच्नु छ यही माटो महा
सन्तोषले मातृभूमीमा मर्न पाउ
किन ?आज यस्तो मेरो देस
आवाज छैन एउटाको मात्रै यहाँ
यही भनी रहेछु म ।
आउदो रहेछ निस्कदो रहेछ
भन्न चाहन्थिन म
तर भन्छु धिक्कार्छु
मेरो देशका सासकहरुलाई
सबै भनी रहन्छ ,म भनी रहन्छु
नमरुन्जेल सम्म धिक्कारी रहन्६ु
तिन्ले मातृभूमीलाई नबुझे सम्म
भनी रहन्छु म धिक्करी रहन्छु म ..............

0 comments:
Post a Comment