।।।। मनको बेथा ।।।। (Life of Isreal )

नरिसाउन तिमी सधैं के बिराए ?भन / तिमीलाई नै दिएअकि६ु मेरो सबै ज्यान //

आमा छैनन मेरी यहाँ बाबा छैनन मेरा/
तिमीलाई नै ठानेकि६ु मेरा सबै सारा //

गर्छु काम दिन भरी बस्न पाको छैन /
मान्छे हुँ म सोच तिमी मेसिनमा होइन //

सम्झन्छु म सारा तिम्रो परिवार आफ्नै /
छैन तिनलाई सरोकर माया माथि सम्मै //

गरे दु:ख आफ्नो देसमा फल पेन मैले /
पर्खि रहे६ु यो जिबनलाई सुख होल कहिले //

तिम्रा जस्ता छोरा छोरी मेर पनि छन नि /
कती सम्झी रुदा होलन छ्।डी आउँदा खेरी //

सोच्छेउ तिमीले हरपल यो गरीब हो दुखी /
मैले ज्यान दिदा पनि कहिलै छैनउ खुशी //

सालको पात हलियझै कहिले काम्छ मुटु /
कोही छैनन माया गरने कोही छैनन भेटु //


खुशी हुँदै गर्छेउ कुरा आफ्ना सग फोनमा /
त्यती बेला सम्झी रुन्छु आफ्नो देस आफ्ना //

तिम्रा जस्तै छन नि मेरा दिनउ प्रोमिसन /
ढुङ्गा जस्तै हुदो रेछ बिदेसिको मन ///

गरी सके सेबा तिम्रो धेरै बर्ष सम्म/
कहिलै पाएेन तिम्रो खुशी सकिननी रम्न //

मानबको नाता छ नि तिमीसग मेरो /
हेर तिमी सोच तिमी सबै सेरो फेरो //

थाहा छैन तिमीलाई यो मुटुको पिडा /
किन छ।ड्न वाध्य भए मेर छोरी छोरा //

तिमीलाई जस्तै माया लाग्छ मलाई तिन्को /
देखिछौ नि कहिले कही यो आसुको भल्को //

गर्छु सेबा जिबन भरी एदी दिन्छेउ माया /
खुशी हुन्छु बिर्सी सबै मेर दुखी छाया //

सम्झी रुन्छ मन कहिले ति मुटुका टुक्रा /
सधैं हौन खुशी तिमी फक्रीएझै फुल //

उकालो र् ओराली झै यो जिबनको बाटो /
तिर्छु रिन फर्की आफ्नै देशमा खन्६ु आटो //

रिन लागि बिदेस आए बसे दु:ख कटी /
दया आओस सधैं मेरो गरीब डुखी माथि //

छैटौ दिनमा लेख्यो मलाई भाबिले नै एही /
सबै जिबन कथा बन्यो कापी कलम मही //

कहिले हस्न पाउछु मैले मेरो दिल खोली /
पर्खिरेछु त्यो दिनलाई भनी भोली भोली //

गर्छु मैले साथी भाई सुनुस् मेरो पुकार /
शहनु नै बाध्यता छ नमानेर धिकार //

सक्दिन म बयन गर्न मेरो कामको कथा /
रुन्छ मन झर्छ आसु बलझिन्छ नि बेथा //

पुकार गरौ इश्वर सग मेरा साथी भाई /
धैरे गर्ने सक्ती मिलोस हामी दुखिलाई //

यस्तै होलान दु:ख पिडा सबै साथी भाई /
दरो मुटु बनाएर चिनाउ नेपाललाई ।।।।।। चिनाउ नेपाललाई ।।।।।।



  • Digg
  • Del.icio.us
  • StumbleUpon
  • Reddit
  • RSS

0 comments:

Post a Comment