तिमी नै हौ धर्ती नारी ,तिमी नै हौ आकाश ।
तिमी नै हौ कालो बादल ,तिमी नै हौ आभास ।।
तिमी नै हौ समुन्द्र त्यो ,तिमी नै हौ पहाड ।
ल्याउछेउ तिमीले सुन्दरता ,तिमी नै हौ उजाड ।।
खोला नाला छहरा ती ,बन पाखा सरी ।
जिन्दगी नै फल्ने फुल्ने ,तिम्रै भब भरी ।।
शाहने छ दु:ख पिडा , धैरे गर्ने सक्ती ।
छ नि नारी तिमीमा नै,ईस्वरको भक्ती ।।
देखौनु छ हसाउनु छ ,आफ्नो देसलाई भोली ।
नबिर्स है भरिएको, ईज्जतको झोली ।।
रुन्छ नारी मुटु तिम्रो ,सम्झी देस बच्चा ।
दिनु पर्छ देसलाई शिक्षा हामी नै हौ सच्चा ।।
तिमी हासे फुल फुल्छ ,तिमी रोय झर्छ ।
फक्री तिमी सुगन्ध भौ , सबै गन्ध टर्छ ।।
यही यो नारी जिन्दगानी ,धर्ती पनि तिमी ।
लिउ नारी लछ्य , तिमीले चन्द्र सुर्य छुनी ।।
नारी तिमी को हौ ?चिन ,अनी नेपाल आमा ।
के छ तिमो अस्तित्वा त्यो विश्व सामु जान ।
आकाशको तारा तिमी ,धर्तिको पानी ।
समुन्द्र झै दिल तिम्रो , मायाको छ खानि ।।
संसारको मुल खम्बा ,तिमी नै हौ नारी ।
जन्माइ सिसु ,माया शिक्षा दिन्छेउ जिबन भरी ।।
हार्नु छैन नेपालमा ,पछी परि नारी ।
शाहस बोक सक्ती बोक ,आफ्नो जिबन भरी ।।
माया प्रेम हासो खुशी ,बोकी नारी सब ।।
दिन सक पारीचय ,आफ्नो देसलाई अब ।
जिबनको छ।हरी हौ ,भरी दिन्छेउ झोली
यदी तिम्रो माया टुटे ,खाली हुन्छन भोली ..........खाली हुन्छन भोली ................................



0 comments:
Post a Comment