नगर प्रतिछ्या मलाई,
बाध्यताको भुमरिमा म पिल्सी रहेछु ।
नखोज्नु है मलाई ,
जन्म भुमिको कुना कुनामा मत समुन्द्र पारी तरी सकेछु ।
नखोज्नु है मलाई,
गाउ बेसी मेलामा सपनिमा मात्रै म त्यहाँ आउने गरेछु ।
नभन्नु है मलाई ,
पर्देसी भनी आफ्नै जन्मभुमी सम्झिरहेछु ।
बसन्त र्हितुका पालुवा सगै ,
तिनै दिन हरुलाई पर्खिरहेछु ।
खोज्दैछु म यहाँ ,
भेटउछु कि भनी मात्री भुमि सम्झी जहाँ बाट म हराइ रहेछु ।
नभुल्नु है कोही मलाई ,
जिन्दगीको यस्तै भुमरिमा रुमली रहेछु ।
सोच्छु कति भित्री दिलले ,
भन्छ संसार यस्तै हो तेही हेरेर चित बुझाई रहेछु ।
छैन मलाई एक्लो पन ,
माया ममता सगै बोकेर ल्याइ रहेछु ।
घोत्दैछु दस नङग्रा यहाँ ,
दुखे पनि तिनै स्नेहाको मलम लगाइ रहेछु ।
नगर्नु चिन्ता ,
गर्नु दुर त्यसलाई अतितलाई अगाली रहेछु ।
आउँला एक दिन भनी ,
खुशी र मिलनअका छेणहरु तिनै कल्पनामा म दुबी रहेछु ।
नगर प्रतिछ्या मलाई ,
बाध्यताको भुमरिमा म परीरहेछु .............

0 comments:
Post a Comment