''''''''''''यस्तो गरेउ देसलाई '''''''''''

मागेउ रातो रगत जन महा दिए हात सबले ।
खोजेउ सत्ता सबका पाउ पारी गिरायौ स्वाभिमानले ।।

बाच्ने आधार खोज्दै सब जन पाईएन सिर उठाउन ।
एउटै होनी लछ्य भनु सबको के गर्नु अब पाउन ।।

छैन अब केही साथ महा दीई सके प्राणहरु ।
सबलाई हुन्छ प्यारो धरती को के नै छ र अब अरु ।।

उठाउनु छैन अब हतियार हत्या भयो स्वाभिमानको ।
छैनन दिने कोही माटोलाई कसले छैन केही भाबको ।।

छन् कती दुखी पीडित अनी नङगा निमुखा सबै ।
पारेउ देसलाई नाङगो अहिले फल्दैन केही आँफै ।।

चोखो सान्ती र दरिलो सबमा यती भए भाबना ।
आउथ्यो कि क्रान्ति अनुहारमा सबको फर्की फेरी चाहना ।।

सिक्यौ उठाई हिंड्न सिर सबले भएर स्वाभिमानी ।
खाचो छ दिगो दरिलो जग देशको नफाल्नु अस्तित्व जानी ।।

युद्ध अग्नी यात्राा सग त्यो लागेर के पो पाईन्छ ।
हास्छन सत्रु चार तिरबाट तिमीमा मित्रु पनि चाहिन्छ ।।

जाने अब देशका हिमहरु को जाने अब तिनमा ।
छैन विश्वाश कतै कही पनि अध्यरै छहै दिनमा ।।

उठ ,जाग उठाउ सिर सबले नेपालीका मुहार ।
मिलौ एक भई सागर गरी फालौ सबै फोगर ,,,,,फालौ सबै फोगर ........................

nepal............
nepal....................
katai yo ujad huneta hoina..............

  • Digg
  • Del.icio.us
  • StumbleUpon
  • Reddit
  • RSS

0 comments:

Post a Comment