भन्छन अझै नेपाललाई पुरुष प्रधान देश ,
लम्काइरेछन आज महिला सक्ती तिनको जेछ ।
अन्धकारमा पिल्सिएको हाम्रो देशको समाज ,
तोड्दै छन नी आज महिला नकरात्मक त्यो भाब ।
शिक्षा नै हो हाम्रो ज्योति फुलाउने र फल्ने ,
त्यही शिक्षाले सिकाउदैछ महिला अघी बड्ने ।
अझै खोज्छन हाम्रा समाज दबाउनलाई महिला ,
उत्र सबै फाल्नु पर्छ हाम्रो फोगर मैला ।
घर धन्दा मात्रै होइन ति महिलाको काम ,
संसारलाई घुम्न सक्छन राख्छन ठुलो नाम।
तोड्नु पर्छ अझै हाम्रो अन्ध विश्वाश समाज ,
महिला पुरुष मिली गरे हुँदैन केही अभाब ।
जाग महिला अब तिमी स्तन्त्रता लेउ,
टेवा मिल्छ छर्न सके बिकासको बिउ ।
संसारमा पुगी सके चन्द्रमा मा महिला ,
एकता हो सबै भन्दा सम्ब्रिद्धीको पहिला ।
सङ्घर्समा उत्रदै छन पार गर्दै भेल ,
गर्दै छन नी हाम्रो देशका पुरुष सरह महिला ।
छ।डी आफ्नो घर परिवार छन नी यत्र तत्र ,
शाहस र हिक्मतले कोर्दै छन नी चित्र ।
यही छ महिला उदगार राम्रो समाजको सामु ,
जोगाउ तिम्रो अस्तित्वलाई आफ्नो देशको सामु ।
उन्नती र प्रगतिको रेखा कोर्दै तिमी ,
शाहस बोकी देखाउनु छ हटने होइन हामी ।
तोडनु पर्छ अब सबै देशका जाल झेल ,
छरौ किरण नबज्योती नदिउ खेल्न खेल ।
सक्छौ हामी अठोट लिए चन्द्रमा लाई छुन ,
दिन सक विश्वाश सबमा पर्दैन नी रुन .................


0 comments:
Post a Comment