''''छोरी ''''
नारी शान्ति र धर्मका जग हामी संसारका धारक ।
नारी विश्व बिराटका धन ठुला सत्मार्गका रक्षक ।।
नारी संयमशील भाग्यहरुका खानी दयाले युता ।
हामी आज कता पुग्यौ ?किन यहाँ कस्ले जान्ने ?खै कता ?
हामी बैदिक मन्त्रका रचयित हामी सुशील्वान्विता ।
हामी गौरब विश्वका चहकिल सतन्यायका रक्षिका ।।
हामी सृष्टि सिगारिने सकलका आमा जगत शिक्षिका ।
कस्तो यो स्थितिमा बिदेसिन पुग्यौ बाटो लिउ लक्षका ।।
अर्काका पछुवा न हुँ न त रहोस् शिक्षा र दिक्षा कम।
हामी नै अगुवा बनउ सकलमा मिठो रहोस् संयम ।।
आँफै शासित हौ सबै त महिला ,नेपाल आमा पुन ।
हाँसुन बाँचिरहोस् स्वदेश अनी त्यो सन्धर्ब आफ्नो जुन।।
छोरीले पनि गर्दछन जगतको उथान वा पलन ।
छोरो छैन भनेर चिन्तित नहुँ नारीहरु दिन दिन ।।
एकै हुन दुई नै बिभेद नगरौ छोरी पढाउँ खुब ।
छोरी जगरिला बनेर जगमा गर्छ्न ठुला पौरख ।।
''''''आफ्नै रचना ''अध्यात्मिक चिन्तनको प्रथम पाइलाबाट '' '''''''''''''''''
Chori...
Subscribe to:
Post Comments (Atom)
0 comments:
Post a Comment