गन्ध भन्ने बितिकै त्यसले हामीलाई नतमस्तक बनाउदछ । जब हामी एउटा ताजा फुलको बास्ना लिन्छौ त्यसले हामीलाई कती प्रसन्नता दिन्छ त्यो सबैलाई ज्ञान भएकै कुरा हो अनी त्यहा हुन्छ सुन्दरता खुशीहरु र आसै आसाहरु । यही खोज्दैछन आज नेपालीहरु, यही रोज्दैछन देसका बास्नाहरु जुना बास्ना सुगन्धित फुलले दिरहेको हुन्छ । जुन रङगैनमय सुनौलो बिहानिका हीमाली गुरास र हिम सिखरले दिरहेको हुन्छ । यिनै आजका नेपालीका चाहना र आसाहरु हुन तर कहिलै फर्किएन यो आबाज कहिले ठोकिने हो त्यो हिम सिखरमा अनी ति सुगन्धहरु र कहिले सुन्ने हो जनताका आबाजहरु ।
यो आबाजको बिडम्बना , पिडा र बेथाहरु जेलिरहेछ यिनै कथा आज नेपालले बोकिरहेछ । जब त्यो गगनलाई देशका हिम सिखरहरुले चुम्न पुग्छन अनी भेटाउनेछन पारीला सुर्यका किरणहरु त्यहाका बास्नादार फुलका रङगी बिर्ङगी कडहरु तर भुमरिमा डुबु रहेछ नेपाल होड्बाजिमा खड्की रहेछन आबजहरु ,सकारत्म तिर भन्दा नकारत्मक सोचाइ तिर मात्रै लम्किरहेछन । केनै अर्थ नेपालका सिखरहरुको ,केनै अर्थ नेपालीका आवाजहरुको । सोच्छन सधै नेपालीहरु हाम्रा हिम सिखरहरु तिनै बास्नादार फुलहरु हुन जुन बास्नाले मस्तिस्कलाई ताजा बनाएर रोगको पनि निर्मुल पर्न सक्छ तर खोइ आज नेपालका ति बास्नाहरु देशको लागि उपचार गरेर रोग निर्मुल पार्न तिर होइन मनसिक उतार चडापमा एक आपसमा होड्बाजी गरीरहेकाछन ,जनताहरुलाई पिल्साइ रहेकाछन । आसामा बचिरहेका छन नेपालीहरु तर कस्ले दिने उदाउदो सुर्यका ति किरणका आसाहरु पर्खि रहेकाछन दुखी र गरीब नेपालीका मन मस्तिस्कले । कस्लाई के थाहा त्यहा अज्ञानता , अहग्कार र अन्धबिश्वासले घेरीरहेकोछ । त्यस्ता खराब पर्दाहरुलाई कस्ले च्याती दिने ,सुगन्धदार भाबनात्मक प्रेरणाहरु कस्ले छरिदिने यस्तैमा बितैछ हाम्रो नेपाली जीबन ,आसा आसामा बितिरहेछन नेपाल र नेपालीका बसन्तहरु । कहिलै प्रसन्नताहरु छ।उन सकेन बिसंगतिहरु हट्न सकेन आज यस्तै छन नेपालीहरुका बिडम्बनाहरु र यथार्थहरु ।।।
जुन बेला सम्म नेपाली जनताको भाबनालाई बुजेर भौतिक सम्रचना हुन सक्दैन त्यती बेला सम्म ति बास्नादार फुलहरु अोइली रहनेछन ,हिम सिखरका गुरासहरु झोक्री रहनेछन । अन्धबिश्वास ,सामाजिक बिक्रितीहरुले मानबिय जिबनलाई आर्थैक र भौतिक रुपमा असर पारी रहेको हुन्छ जब यसरी नै बित्दै जान्छन दिनहरु र एक दिन समाप्त हुनु पर्छ । यही अहग्कार र होड्बाजीले आँफैलाई दुर्लभ बनाउछ भन्ने थाहा हुँदाहुँदै पनि किन आज हाम्रो देसमा एकता र समानताको भाब उब्जेको छैन ?किन तेस्ता सुघन्धहरु उम्रेका छैनन ? यो सबै आँफैमा सिमित हुन्छ मर्नुछ एक दिन यो घेरा बन्धिमा जिउनै पर्छ । किन ?जन्दैनन यि सिखरहरु । आज नेपालले के मागी रहेछ नेपालीहरु के चाही रहेछन ?छरी देउ सुगन्ध अनी बाँच्न देउ खुशी र स्तन्त्रताका साथ यही भनी रहेछन ,यही मागी रहेछन ,यही आसाहरु धेरै २२२ गरिरहेछन नेपाल र नेपालीहरु ...........




0 comments:
Post a Comment