मान्छे किन घ्रिनित बन्छ इन्जोएे लाई रोजी ।
थाहा हुन तेती बेला के आउने छ भोली ।।
जिन्दगीछ दुई दिनको तर लामो बाटो ।
हाक्छ गाडी अन्धो बनी बनाउछन छोटो ।।
के का लागि मानब जन्म छैन भने ज्ञान ।
सोच्दै भित्री हृदयले सम्झी अर्थ जान ।।
ब्रम्हाण्डलाई घुम्छन सुर्य तर छुन्न कहिले ।
आउछ राप जिन्दगीमा तर जान्नु पहिले ।।
फुलाउ फुल अनी फल लिए तेसको स्वाद ।
जिबनमा आए भेल नलगाउ कहिलै दाग ।।
दु:खलाई नि सम्झ सुख असल बाटो रोजी ।
गर्नु प्रेम अगी बढी भाबनालाई बुझी ।।
हेर्नु आकाश रम्नु त्यहा छुन खोज्नु सधै ।
हत्दैनन नि बिकार मैला दिल चोखो नभै ।।
यही हो हाम्रो जिन्दगीको यो सुनौलो कथा ।
जती तान्यो बढ्डै जान्छ यि मनका बेथा ।।
ज्ञान लिनु बिद्धानबाट शिक्षा लिनु गुरु ।
यही हो हाम्रो मार्गदर्सन छैन केही अरु ।।
उज्जल बन्दै खोल ढोका ईन्द्रेणिको साथमा ।
दिन्छ चमक अन्धकारमा सबै आफ्नै हातमा ।।
भाबनालाई चिन्न खोज्दै लगाउदै मलम।
हट्छ मनको पिर ताप अनी मनको जलन ।।
के पाउनुछ घमण्डले अनी फोस्रो धाक ।
ल्याउछ त्यसले बिस मात्रै लाउछ त्यसले दाग ।।
उठाउ आफ्ना हातहरु छुन खोज तारा ।
निस्चल बन तिमी सधैं पार्छ हरा भरा ।।
चम्कनेछौ यही भाबले तिमी जगत सारा ......................



0 comments:
Post a Comment